
बुटवल,१४जेठ। रुपन्देहीको बुटवलमा एकैपरिवारका तीन जनाको हत्या गरिएको छ।
बुटवलको होराइजनचोक नजिक मिलिजुली पथमा पाल्पा जिल्लाको तानसेन नगरपालिका-१ को ३४ वर्षीया दीपा बस्याल र छोरीहरु ७ वर्षीया स्नेहा, ४ वर्षीया हिमानी बस्यालको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार हत्या आरोपमा मृतक बस्यालका पूर्वश्रीमान बुटवल उपमहानगरपालिका-११ का सुजन कोइरालालाई नियन्त्रणमा लिइएको छ।
सम्बन्ध विच्छेदपछि छुट्टै बस्दै आएकी बस्याललाई कोइरालाले आफ्नो घरमा बोलाएर बुधवार एकबिहानै हत्या गरेको प्राराम्भिक अनुसन्धानमा पाइएको डीएसपी कार्कीले बताए।
प्रहरीका अनुसार पक्राउ परेका आरोपी कर्तव्य ज्यान मुद्दामा जेल सजाए भुक्तान गरी केही वर्षअघि संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

