
भैरहवा, १४जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ। एक कार्यक्रमकाबीच नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए। उनले सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गरे।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने विषयमा पालिका सकारात्मक रहेको जनाए। स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सबैको मिहिनेत र सहयोगले सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताए।
पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सिद्धार्थनगरले पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए।
कार्यक्रममा पालिकालाई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणाका दुईवटा छुट्टाछुट्टै प्रमाणपत्र प्रदान गरिएको थियो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगरप्रमुख खाँलाई प्रदान गरेका थिए।
कार्यक्रममा भिम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका मेडिकल सुपरिटेण्डेण्ट डा. सदन मुखी, सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, स्वास्थ्य शाखाकी गीता न्यौपाने पोखरेल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु ल्गायतको सहभागीता थियो।

