


काठमाडौं,१४जेठ। यो वर्ष मनसुन छिट्टै भित्रिने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा जेठ ३० गते आसपास पूर्वी भागबाट देशमा भित्रिने मनसुन यस वर्ष छिट्टै भित्रिने सम्भावना रहेको बताए।

जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ । उनका अनुसारभूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा नेपाल भित्रिसक्ने देखिएको छ। यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।

