
भैरहवा,१५जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दियाले जित निकालेको छ। तर, बाँकेलाई ६५ रनले पराजित गर्दै बर्दियाले जित निकालेको हो। तर, पराजित बाँकेसँगै बर्दिया यस अघि नै उपाधिको स्पर्धाका लागि ‘आउट’ भइसकेका छन्। प्रतियोगिताको उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ ।
बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रनको बनायो। जसमा आदित्य ढकालले ५७ रनको अर्धशतकीय इनिङ खेले भने निराजन थापाले ४७, हेमन्त आचार्यले २४, केशव बिष्टले २२ र उत्सव चलाउनेले १९ रनको योगदान गरे। बलिङमा बाँकेका निखिल धनकुट्टा र निराजन चन्दले २–२ तथा सिनब श्रेष्ठ र मोहम्मद इब्राहिम मियाँले १–१ विकेट लिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जवाफी ब्याटिङ गरेको बाँके २८ ओभर ३ बलमा १ सय ३९ रनमै सबै विकेट गुमाउन पुग्यो। उसका लागि विशालकुमार थापाले ३४, भुवन शाहीले ३२, दिव्यान्स बर्माले २९ र आषिश नाउले १६ रन बनाए। बलिङमा बर्दियाका सक्षम बुढाथोकीले ३, आकाश थापा र संयकजंग थापाले २–२ तथा सिर्जन भुजेल र आयन खड्काले समान १–१ विकेट हात पारे। खेलमा बर्दियाका आदित्य ढकाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जनाए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

