
काठमाडौं,१६जेठ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) ब्यूरोकै डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका थापाले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउने भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।

