
भैरहवा,१८जेठ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले कर्णाली डेडेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ।
बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई भैरहवा (बेलहिया) बाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं एसपी युवराज खड्काले जनाए। उनी लामो समयदेखि फरार थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ब्यूरोका अनुसार उनी बैंकको संस्थापक अध्यक्ष तथा तत्कालिन प्रमुख कार्यकारी अधिकृत हुन् भने पटक पटक संचालक समितिको अध्यक्ष पदमा रहेर रकम हिनामिना गरेको आरोप छ।
पक्राउ परेका रायउपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

