
नवलपुर,१९जेठ। पूर्वी नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएका छन्।
सोमबार बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर आउँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ गइरहेको केउरेनीस्थित दिव्य एकेडेमी बोर्डिङ स्कुलको बा २० च ७२ नम्बरको भ्यान देवचुली नगरपालिका २ स्थित दुम्कौली चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दुर्घटनामा गम्भिर घाइते भएका स्कूल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुल प्रसाद सुबेदीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले बताए। एम्बुलेन्समा सवार घाइते भएका बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियार अवस्था मध्यम रहेको छ। उनीहरुको उपचारका लागि चितवन पठाइएको छ।
यस्तै स्कूल भ्यानमा सवार दुईजना विद्यार्थीहरु देवचुली–१७ का १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएको र स्थानीय पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको डीएसपी नेपालले बताए ।

