
परासी,२१जेठ। पश्चिम नवलपरासी प्रहरीले साढे ३० लाख बराबरको मूर्तिसहित को सामग्री बरामद गरेको छ। नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्तिको बरामद भएको छ। त्यस्तै १५ लाख बराबरको मोबाइल ग्लास, ८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरुमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ। उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको छ ।
मंगलबार राति बरामद भएका सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर ल्याइएको उक्त सामान भूजहवा र बसैया नाकाबाट ल्याइएको बताइएको छ। त्यस क्षेत्रबाट अहिले चिनी, चामल र अन्य सामानको अवैध कारोबार हुँदै आएको स्थानीयले बताएका छन् ।

