


काठमाडौं,२असार। उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो।

आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पाठकले अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ।
कमेन्ट गर्नुस्

