


काठमाडौं,३असार। नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरी कार्यालयमा उपस्थित हुनका लागि सूचना जारी गरेको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

ब्युरोले जारी गरेको सूचनामा भनिएको छ– ‘पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ। ‘
सोमबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश गरेको छ।
कमेन्ट गर्नुस्

