


काठमाडौं,३असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका एक कर्मचारीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेको छ।
आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत कमलराज गौतमविरुद्ध मुद्दा दायर गरेको हो।

२ करोड ५१ लाख बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ।


कमेन्ट गर्नुस्

