


काठमाडौं, ६ असार। गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा गरेको छ।
भक्तपुरका सीडिओ गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ भने अर्घाखाँचीका सीडिओ वेदप्रसाद खरेललाई मन्त्रालय तानिएको छ। मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको सीडिओ बनाइएको छ। पाण्डे केही दिनअघि मात्र कास्कीबाट गृह मन्त्रालय सरुवा भएका थिए।

सेवाग्राही र कर्मचारीसँग असहयोगी व्यवहार गरेको गुनासोपछि अर्घाखाँचीका सीडिओ खरेललाई मन्त्रालय तानिएको बताइएको छ।
कमेन्ट गर्नुस्

