Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतियाको बजेट ४९२५०००००
    अर्थ

    ओमसतियाको बजेट ४९२५०००००

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ९, सोमबार १६:२३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं गाउँसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैया बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन।

    पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक अनुदान तर्फ ७५ लाख अनुदान प्राप्तिको अनुमान गरेको पालिकाले बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत संघीय सरकारबाट ९ करोड ४२ लाख ६४ हजार, प्रदेश सरकारबाट ८७ लाख ७७ हजार र स्थानीय राजश्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँको प्राप्तिको अनुमान गरेको छ

    गाउँपालिकाको आन्तरिक श्रोत तर्फ ३ करोड ७३ लाख गरी कुल जम्मा ४९ करोड २५ लाख १४ हजार राजश्व तथा अनुदान प्राप्तिको अनुमान गरिएको चौधरीले बताइन्। त्यस्तै पालिकाको चालु खर्च तर्फ ३२ करोड १८ लाख ४१ हजार र पूँजिगत खर्च तर्फ १७ करोड ६ लाख ७३ हजार रुपैयाँ गरि ४९ करोड २५ लाख १४ हजार खर्चको प्रक्षेपण गरेको उनले बताइन् ।

    आइतबार नै पालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ। नीति तथा कार्यक्रम सर्वजनिक गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै समृद्ध ओमसतिया भन्ने मुल मन्त्रका साथ ओमसतियाको शान सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान भन्ने मूल नारा लिई नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

    उनका अनुसार पालिकाले खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवद्र्धन तथा बनको संरक्षण गरी जल, जमीन तथा बातावरणको संरक्षण गरिने नीति लिएको छ। विपद जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद पूर्व तयारी, विपद न्यूनीकरण, प्रतिकार्य र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने छ।

    कर प्रणालीमा सुधार गर्दै प्रगतिशिल कर प्रणालीको सिद्धान्तमा रही आर्थिक वर्ष २०८२/०८३ लाई कर सहभागिता बर्षको रुपमा मनाईने बताउदै उनले राजश्व प्रशासनलाई चुस्त बनाउदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरी राजश्व संकलनलाइ क्रमशः फेसलेस र क्यासलेस बनाउँदै लगिने जनाए।

    सेवाको वरिपरी जनता होइन जनाताको वरिपरी सेवा भन्ने अवधारणालाई आत्मसाथ गरी मुस्कान सहितको छरितो र एकिकृत घुम्ति सेवा कार्यक्रम संचालन गरिने नीति लिएको यादवले बताए। गाउँपालिकाभित्रका नागरीकहरुको गुनासो तथा सेवा सम्वन्धी जिज्ञासा सुन्नेको र सोको सम्बोधन अनलाईन प्रणालीको माध्यमबाट गर्ने नागरिक गुनासो व्यवस्थापन प्रणाली तयार गरी लागु गरिने उनले बताए।

    पालिकामा कायम भएको असुल उपर वेरुजु असुल गरी वेरुजु कम गरि नीतिगत वेरुजु हटाउन आवश्यक संयन्त्र निर्माण गरी महालेखा परिक्षक समक्ष पेश गरिने पालिकाले नीति लिएको छ। वेरुजु आउने खालका कार्यक्रमहरु सञ्चालन गर्न रोक लगाईने र वेवसाइटमा प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ओमसतिया गाउँपालिका ओमसतिया गाउँपालिका बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.