


धनगढी,९असार। धनगढीमा एक युवतीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा लिएर बस्दै आएकी पुनर्वास नगरपालिका-११ अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको शव फेला परेको कोठामा बाहिरबाट ताल्चा लगाइएको थियो।

घटनाको प्रकृति शंकास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

