


काठमाडौं,१२ असार। निर्वाचन आयोगले मुलुकको विभिन्न क्षेत्रमा रिक्त पदहरुमा निर्वाचनको तयारी थालेको छ। आयोगले मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता गराउन छुट भएका व्यक्तिहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको छ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले भने, “निर्वाचनको मिति घोषणा भइसकेपछि नाम दर्ता गर्न मिल्दैन। त्यसैले यथाशीघ्र आफ्नो नाम दर्ता गराउन अनुरोध गर्दछौं।”

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो। छलफलमा खासगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो ।
रुपन्देही-३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ भने मनाङ-१ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ । त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन्।
हेर्नुहोस् निर्वाचन आयोगको सूचनाः


