


काठमाडौं,१५ असार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरुबारे छलफल जारी छ।
समितिको बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन् भने अन्य सदस्यहरुले ती प्रस्तावमाथि टिप्पणी गर्दै छन्।

उक्त विधेयकले नेपाल प्रहरीको संगठन संरचना, नेतृत्व चयन प्रक्रिया, पदस्थापन प्रणाली, सेवा तथा सुविधा लगायतका विषयमा महत्वपूर्ण सुधार र परिवर्तनको प्रस्ताव गरेको छ।
कमेन्ट गर्नुस्

