
काठमाडौं,१८असार। संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा हेरफेर भएको आरोपपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ।
बैठकमा सांसदहरुले विधेयकको अन्तिम प्रतिवेदन समितिको सहमति विपरीत आएको भन्दै चर्को विरोध जनाएका छन्। नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्।
Advertisement

Advertisement
Advertisement

नेपाली कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चलखेलमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले हेरफेरमा मुख्यसचिव लगायतको संलग्नता भएरनभएकोबारे छानबिन हुनुपर्नेमा जोड दिए।
समितिले सर्वसम्मतिमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेपनि, प्रतिनिधिसभाबाट असार १५ गते पारित विधेयकमा त्यसलाई कमजोर बनाउने खण्डहरु समावेश भएको पाइएको छ।

