


काठमाडौं,१८असार। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन्।
उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

अभिव्यक्तिपछि पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो। उनको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिने बताइएको छ ।

