


काठमाडौं,२२असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ६ किलो लागुऔषधसहित एक पर्यटक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण व्यूरोको टोलीले बैंककबाट थाई एयरवेजको फ्लाइट नम्बर टिजि ३०९ मार्फत आएका भारतका नागरिक ६५ वर्षीय राकेश वहाबलाई लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका वहाबको लगेज चेकजाँच गर्दा लुकाई राखिएको अवस्थामा साढे किलोग्राम स्मैक (सेतो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।
कमेन्ट गर्नुस्

