
काठमाडौं,२३असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन पूरा समय टिक्ने भन्दै आगामी निर्वाचनसम्म कायम रहने बताएका छन्।
केन्द्रिय समितिको बैठकमा समापन मन्तव्य दिने क्रममा सञ्चारकर्मीसँग उनले गठबन्धनबारे बाहिर आए जस्तो केही पनि नभएको बताए। दुई ठूला पार्टी मिलेर गठबन्धन बनाउँदा स–साना समस्या आउनु स्वाभाविक भएको उनको भनाइ छ।
Advertisement

Advertisement
Advertisement

सबै समस्या छलफल गरेर समाधान गर्न सकिने बताउँदै उनले संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताए।

