
चितवन,२४ असार। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ।
बाढीमा बेपत्ता भएका श्रेष्ठको शव मंगलबार साँझ भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए।
Advertisement

Advertisement
Advertisement

उनी रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। नेपाल प्रहरीका अनुसार २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधरण गरी १९ जना बेपत्ता छन् । त्यस्तै ९ जनाको शव फेला परेको छ भने ५७ जनाको उद्दार गरिएको छ।

