
काठमाडौं,२५असार। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘अहिले विधि र विधानको कुरा गर्ने समय हो। विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन’, उनले भने, ‘जतिबेला नेतृत्व चयनको विषय आउँछ त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ। नेतृत्वको बारेमा बहस गर्ने बेला भएको छैन।’
उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए। ‘पार्टीको नीति नियम, दस्तावेजले होइन मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ’, उनले भने।

