
भैरहवा,२६असार। रुपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
माछा पालनका लागि तयार गरिएको पोखरीमा तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार गौतम बुधवार साँझ पौडी खेल्नका लागि पोखरीमा पसेका थिए ।
पोखरीमा डुबेका बालकको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

