
काठमाडौं,३०असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको हो। उनका अनुसार प्रदेशगत रुपमा ९ लाख ३५ हजारको सङ्ख्यामा हस्ताक्षर संकलन भएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गण्डकीमा २ लाख ६० हजार, बागमतीमा २ लाख १३ हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कोशीमा १ लाख ६६ हजार, कर्णालीमा ३८ हजार, मधेसमा ३६ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर संकलन भएको छ भने बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा संकलन भएका हुन्।
यस्तै अहिलेसम्म चन्दा स्वरुप ४४ लाख रुपैयाँ संकलन भएको बताइएको छ।

