


खोटाङ,३१असार। खोटाङमा चार्जमा लगाइएको मोबाइल निकाल्दा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईले चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्राराम्भिक अनुसन्धामा देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
कमेन्ट गर्नुस्

