


काठमाडौं,३१असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुुससहित मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो । घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ।

जग्गाको लगतकट्टाका लागि उनीहरुले सेवाग्राहीसँग २४ लाख ५० हजार घुस लिएको अख्तियारले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा राउतले घुस बुझेको आयोगको दाबी छ। आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ।
अख्तियारका अनुसार चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले घुस मागेका थिए।

