


सिरहा,३२असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ गरेको छ।
पालिकामा २० लाख बजेटमा निर्माण भएको नालाको उपभोक्ता समितिसँग माग गरेको एक लाख रुपैयाँ घुससहित मेयर साहलाई पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले बताए।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
कमेन्ट गर्नुस्

