


काठमाडौं,१साउन। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । जसमध्ये चार जिल्लाका इन्चार्जहरुलाई समेत हेरफेर गरिएको छ ।
सरुवा सूची अनुसार सशस्त्र प्रहरी गण नम्बर-१ मा कार्यरतमा डीएसपी राजु लामालाई भोजपुरमा पठाइएको छ भने भोजपुरमा कार्यरत युवराज तिमल्सिनालाई नक्साल स्थित सशस्त्र प्रहरी गण नम्बर-१ मा ल्याइएको छ ।

कास्कीको वडा प्रहरी कार्यालय बैदाममा नवराज भट्टराई, मोरङको इलाका प्रहरी कार्यालय पथरीमा तुल्सीराम अर्याल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई जिम्मेवारी दिइएको छ।
सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई सरुवा गरिएको छ भने सिंहदबार सुरक्षा गणमा सिद्धराज न्यौपाने, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा कृष्ण ओझालाई पठाइएको छ ।

