


काठमाडौं,२साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

‘नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’, ज्ञापन पत्रमा भनिएको छ ‘अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’
सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता र प्रभावकारिताको भन्दै अख्तियारमाथि नै राप्रपाले प्रश्न उठाएको छ ।


