


काठमाडौं,२साउन। नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप बन्द गराएको छ।
प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो।

टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’
गत ०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा पनि टेलिग्राम जोडिएको थियो। ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो ।


