


काठमाडौं,४ साउन। काठमाडौंको सुन्धारास्थित धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।
सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले उक्त विषयमा आफुहरुलाई जानकारी नभएको बताए । उनले भने- ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’

भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो। उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए।
गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।

