


काठमाडौं,४साउन। मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा(अहिराज) जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
विभिन्न आश्वासनमा किशोरीलाई यौन शोषण गरेको भन्दै केही महिनाअघि उनीविरुद्ध जाहेरी परेपछि झा फरार थिए।

काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले झालाई पक्राउ गरिएको पुष्टि गरे। उनले पक्राउ परेका आरोपीलाई अदालतमा उपस्थित गराईएको र अदालतले पाँच दिनमा थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको बताए।
गत चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो ।
कमेन्ट गर्नुस्

