


जनकपुर,७ साउन । भारतको सशस्त्र सीमा बल (एसएसबी) ले मैनाथपुर सीमामा गोली चलाएको छ ।
भारतबाट खेतमा हाल्नका लागि मल ल्याउने क्रममा विवाद भएपछि धनुषा जिल्लाको सीमासँग जोडिएको भारत विहारको मधुवनी जिल्ला ग्रामपञ्चायत ६ मैनाथपुर सीमामा एसएसबीले चार राउण्ड गोली चलाएको हो।

भारतीय व्यापारी लालमोहन पासवानसँग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन एसएसबीको गोली चलाउँदा दुई राउण्ड गोली भर्ता पासवानको कम्मरमा लागेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै नेपाली सुरक्षाकर्मी अधिकारीले जानकारी दिए।
घटनापश्चात नेपालस्थित विदेह नगरपालिका-१ स्थित महिनाथपुर सीमाबाट आवतजावत रोकिएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति डीआईजी कृष्ण ढकालले जानकारी दिए ।

