


भैरहवा, ७ साउन। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले बीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा तिलोत्तमा नगरपालिका-६ स्थित मानवसेवा आश्रममा सामूहिक भोजन गराएको छ।
साथै,मानवसेवा आश्रम सञ्चालनमा सहजताका लागि २० हजार रुपैयाँ र एक थान रेफ्रिजेरेटर प्रदान गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति सुशील गुरुङ्गले बताए।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद भरत कुमार शाहले करिब आठ दशकअघि महामानव बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्तको जगमा नै आज पनि नेपाली कांग्रेस अघि बढिरहेको बताए।
उनले रुपन्देही क्षेत्र नं. ३ ले राजनीतिसँगै यस्ता सामाजिक कार्यहरु गरेर आम जनताको मन जित्ने कार्य गरेकोमा प्रशंसा गरे। शाहले नेपालको राजनीतिमा बीपी कोइरालाको महत्व, लगानी, दूरदर्शिता, साहित्यिक कृतिहरु र नेपाली कांग्रेसको संगठनमा उनले पारेको प्रभावबारे धारण राखे।
नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले मानव सेवा तथा उद्दार आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै पार्टीका अन्य तह-तप्काले पनि क्षेत्र नं. ३ ले जस्तै मानवीय र सामाजिक कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
उक्त अवसरमा क्यान्सर रोगबाट ग्रसित सिद्धार्थनगर नगरपालिका-८, बैंक कलोनी निवासी लक्ष्मी थापालाई २१ हजार १ सय २१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाही, पूर्व सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, पार्टीका जिल्ला सहसचिव विष्णु थापा, मानवसेवा आश्रमका प्रदेश संयोजक सरु अधिकारी, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य दिपक पौडेल, विना न्यौपाने, सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि बसन्तलाल कर्ण, बाला घिमिरेको उपस्थिती थियो ।

यस्तै पूर्वमहाधिवेशन प्रतिनिधि भरथरी यादव, जिल्ला सदस्य मोहम्मद सलिम, राज कुमार वाग्ले, गोविन्द खनाल, कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय सह-सचिव कुल प्रसाद न्यौपाने, चिरिन्जीवी ढकाल, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, इन्दिरा के.सी., सरस्वती श्रेष्ठ, केशव अधिकारी, भोला तिवारी, सन्जिव दमाइ, सिद्धार्थनगर नगरपालिकाका सचिव अनिल के.सी., तिलोत्तमाका नगर सचिव हुमनाथ पौडेल, तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठक, तिलोत्तमा १३ का अध्यक्ष नारायण ढकाल, ओमसतिया ३ का अध्यक्ष प्रकाश चौधरी, सिद्धार्थनगर ७ का सभापति भविलाल पौडेल, सिद्धार्थनगर ८ का सभापति टंक ज्ञवाली, सिद्धार्थनगर ९ का सभापति श्याम खनाल, सिद्धार्थनगर १० का सभापति विजयनाथ धवल, सिद्धार्थनगर ११ का सभापति केदार कुर्मी, नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डे, तरुण नेता बासु बस्याल, नेता कुमार के.सी., सलोजा सेन्चुरी, पल्लवी न्यौपाने, जनजाती नेता जितु गुरुङ्ग, राकेश गुरुङ्ग, पंकज उदास लगायतको सहभागिता रहेको थियो।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत मन्तव्य तथा क्षेत्रिय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।

