


सिरहा, ९साउन। सिरहामा एक जनाको हत्या भएको छ । भाइ–बुहारी बीचको झगडा छुटाउन गएका गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतिराम सदाको खुकुरी प्रहार गरी हत्या भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले बताए।
उनका अनुसार २५ वर्षीय आफ्नै भाई श्याम सदाले खुकुरी प्रहार गरेर दाई मोतिरामको हत्या गरेका हुन्।

बिहीबार राति श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको अवस्थामा विवाद छुट्टाउन गएका दाइ मोतिरामलाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको उनले बताए।
घटना पश्चात फरार श्यामलाई पक्राउ गरी घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

