


भैरहवा, ९ साउन। रुपन्देही प्रहरीले बढ्दो अपराधको रुपमा रहेको अनलाईन ठगीबाट जोगिन र साईबर सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई तालिम दिएको छ।
बिहीवार एसओएस बालग्राम लुम्बिनी, रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा उक्त तालिम भएको हो।

बालग्राम अध्ययनरत करिब ४५ जना विद्यार्थी र कर्मचारीहरुलाई अनलाइन ठगी र साईबर अपराधबाट जोगिनका साथै कानुनी सजाएका व्यवस्थाहरुको बारेमा सचेतनामूलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भरत केसीले विद्यार्थी र कर्मचारीहरुलाई प्रशिक्षण दिएका थिए ।

