


भैरहवा,१० साउन। रुपन्देहीको भैरहवास्थित बालसुधार गृहमा जबरजस्ती करणी मुद्दामा कैद सजाए भुक्तान गरिरहेका एक बालक (उमेरले युवा भएपनि मुद्दा दर्ता हुँदा बालक रहेको बालक भनिन्छ) को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार शनिवार दिउँसो रुपन्देही सम्मरीमाई गाउँपालिका-४ का २१ वर्षीय सन्दिप गोसाईको झुण्डिएको अवस्थामा शव फेला परेको हो।

बाल कैदीहरुको गणना गर्ने क्रममा गोसाई नभेटिएपछि खोजी गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लामा रहेको स्टोर कोठामा नरिवलको डोरीले पासोमा झुण्डिएको अवस्थामा उनको शव बरामद भएको उनले बताए।
विगत एक वर्षदेखि उनी सुधार गृहमा मोनिटर (नाइके) थिए। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

