
काठमाडौं, ११ साउन। नेपाल प्रहरीमा गत आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने २ हजार ७३ जना कर्मचारीलाई कारवाही गरिएको छ।
आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उत्कृष्ट कार्य गर्नेलाई संगठनले पुरस्कृत र प्रहरी आचरण विपरीत कार्य गर्नेलाई कारवाही गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत/कारवाही गरिएको बताए।
Advertisement

Advertisement
Advertisement

पुरस्कृत हुनेहरुमा तीन एआईजी, १६ डीआईजी, ३५ एसएसपी, १०६ एसपी, २२९ डीएसपी, ७४० इन्स्पेक्टर रहेका छन् ।
त्यस्तै वरिष्ठ सई ४७०, सई ७४५, असई १ हजार ४८०, वरिष्ठ हवल्दार ८३०, हवल्दार १ हजार ८३०, सहायक हवल्दार २ हजार २४२, जवान ३ हजार ३० र कार्यालय सहयोगी २६६ छन्।
डीआईजी घिमिरेका अनुसार संगठनमा सबैभन्दा धेरै प्रहरी जवान कारवाहीमा कारबाही परेका छन्। कारवाहीमा परेका २ हजार ७३ जना प्रहरीमध्य जवान ९ सय २४ जना छन्।

