


सिन्धुली, १२ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा एकै परिवारका १६ जना हराएका छन्। भण्डास बिप्पर कटेरीका उर्मिला हायुका १६ जना परिवारका सदस्य सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ।
उनीहरु सोमबार बिहान देखि सम्पर्कबिहिन छन्। घरमा पालिएका कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा छन्। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनाबारे जानकारी पश्चात परिवारको खोजतलास सुरु गरिएको छ। ‘घटनाको जानकारी पाएपछि घरमा पुगेर अनुसन्धान सुरु गरेका छौं’,उनले भने, ‘घरमा परिवारका कोही सदस्य छैनन् र अहिलेसम्म सम्पर्कमा पनि आएका छैनन्, हामी अनुसन्धान गर्दैछौं ।’

