


काठमाडौं,१३साउन। संघिय लोकतान्त्रिक मोर्चाले निर्धारित कार्यक्रम सञ्चालनका लागि ८ जिल्लामा संयोजक तोकेको छ।
सिंहदरबारमा बसेको संघिय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठकमा पार्टीहरुले नै कार्यक्रमको अध्यक्षता गर्ने गरी संयोजक तोकिएको हो।

जनता समाजवादी पार्टी, नेपालका महासचिव रामकुमार शर्माका अनुसार भैरहवामा नागरिक उन्मुक्ति पार्टी, काठमाडौँमा लोकतान्त्रिक समाजावादी पार्टी, विराटनगरमा जसपा नेपाल, राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, जनकपुरमा तमलोपा, वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालगञ्जमा जनता प्रगतिशील पार्टी र जसपा, नेपालले कार्यक्रमको संयोजन गर्नेछ।
बैठकमा मधेस प्रदेशमा खडेरीको समस्याबारे पनि छलफल भएको उनले बताए।

