

कैलाली,१३ साउन। सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडीहरु एकआपसमा ठोक्किएका छन्।
मंगलबार कैलालीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडीहरु चिसापानी नजिकैको सडक खण्डमा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए।
Advertisement

Advertisement
Advertisement
दुर्घटनाले सामान्य क्षतिबाहेक मानवीय चोटपटक नलागेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्





