


भैरहवा,१४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बस्ने भएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधवार अपरान्ह १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक आह्वान गरिएको छ। बैठकको भैरहवाको एक होटलमा बस्ने बताइएको छ। बैठकमा सहभागी हुनका लागि केही सांसद मंगलबार भैरहवा पुगिसकेका छन् भने केही आज आउने बुझिएको छ।

मंगलबार भैरहवा पुगेका पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरुले स्थानीय व्यक्तिहरुसँगको भेटघाटमा चुनावी छलफल गरेका छन्।
रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

