


काठमाडौं,१४ साउन। काठमाडौं प्रहरीले नागरिकको सुरक्षार्थ आपतकालिन सहायताका लागि प्रयोग हुने नेपाल प्रहरीको ‘१००’ नम्बर बुधवार चार घण्टाका लागि बन्द भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बुधवार बिहान बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरको सेवा बन्द रहने जनाएको छ।

भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ।
काठमाडौं प्रहरीले नागरिक सहायताका लागि कन्ट्रोल कक्षको नम्बर ९८५१२८३०२६, ट्राफिक कन्ट्रोलको नम्वर १०३ वा ९८५१२९५१००, महिला तथा बालबालिका खोज तलास केन्द्र (भृकुटीमण्डप) को नम्बर १०४, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्बर ९८५१२८३०१२, ललितपुरको ९८५१२८३०१७ भक्तपुरको ९८५१२८३०२० नम्बर सम्पर्क गर्न आग्रह गरेको छ।

