


भैरहवा, १४ साउन। रुपन्देही प्रहरीेले भारतबाट अवैध रुपमा भित्राइएको मूर्तिहरु बरामद गरेको छ। प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीस्थित वेवारिसे अवस्थामा मूर्तिहरु बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कृष्ण भगवान ३३६ वटा र बिष्णु भगवानको ५१ वटा गरी कुल ३८७ वटा मुर्तिहरु बरामद भएको हो।

१ लाख ४ हजार बढी बजार मूल्य रहेको उक्त मूर्ति भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

