
भैरहवा, १५ साउन । नेकपा (एमाले) ले अगामी भदौ १५ गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न परिपत्र गरेको छ।
रुपन्देही निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन पछि अगामी कार्तिक १७ गते उक्त क्षेत्रमा निर्वाचन हुन लागेको छ ।
Advertisement

Advertisement
Advertisement

जस अनुसार पार्टी महासचिव शंकर पोखरेलले एक महिलासहित तीन जना उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीमा परिपत्र गरेको हो।
उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ।

