


काठमाडौं, १५ साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना संकेत गरेका छन्।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै उनले सत्तारुढ दलहरुबीच सहमति भएको अवस्थामा मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए।

उनले भने, ‘सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’
उनले सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पदानमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गर्न सकिने बताए। सत्ता साझेदार दल एमाले र कांग्रेसबीच अविश्वासको अवस्था पैदा नभएको उनको भनाई छ।

