
काठमाडौं,१८ साउन। अब एक पटकका लागि व्यक्तिगत घटना विवरण सच्चयाउन पाइने भएको छ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्दै जन्मदर्ता, विवाहदर्ता, बसाईसराई दर्ता, मृत्युदर्ता र सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण एक पटकका लागि सच्चयाउन पाइने भएको हो।
Advertisement

Advertisement
Advertisement

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन पाइने व्यवस्था गरेको थियो।
तर, उक्त व्यवस्था २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरुका हकमा मात्रै कायम थियो। जसकारण जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइएकाहरु समस्यामा थिए।
त्यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो। जसअनुसार अब एकपटकका लागि विवरणहरु सच्चयाउन पाइने भएको हो।
‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ’, संसोधित ऐनमा उल्लेख छ।
गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिनेछ।


