
तनहुँ,१८ साउन। मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा भएको छ ।
गोरखाबाट चितवन जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएको वडाअध्यक्ष दिनेश केसीले जानकारी दिए । बस सडकबाट १५ मिटर तल खसेको छ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार गोरखाको सहिदलखन गाउँपालिका-६ की ४० वर्षीया सोनु थापा, ४३ वर्षीया सीता थापा, २८ वर्षीया मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका ८ वर्षीय खुशी राम रामदाम घाइते भएका छन्।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई उपचारका लागि भरतपुर पठाइएको छ।

