


काठमाडौं,२० साउन। प्रहरीले अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीका २१ वर्षीय सुशान्त दाहाल रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दाहालले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।
दाहाल विरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

