
उदयपुर,२१ साउन। उदयपुरमा मदिरा भनेर डिजेल पिउँदा वृद्धको ज्यान गएको छ। घरमा बोतलमा राखिएको डिजेललाई मदिरा भनेर पिएपछि अस्वस्थ भएका चौदण्डीगढी नगरपालिका-६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
बिराट टिचिङ अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान वृद्धको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

